शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी गुरुङ पक्राउ

आइतबार, मंसिर १२ २०७८

काठमाडौँ । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ शोभा गुरुङ परेकी छन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले तनहुँ जिल्लाको भानु न.पा. वडा नं. १३ स्थायी वतन भई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ४, हाडीगाऊँ बस्ने बर्ष ४५ की प्रतिवादी गुरुङलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेको हो । 

सिआईबीका अनुसार गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बिसं २०७५ साउन १५ गते एन.आइ.सी. यसिया बैंक लिमिटेडको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट २०७७ असार एक गते प्रतिवादी शोभा गुरुङको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद २० लाख रुपैंया मात्र) जरिवाना हुने फैसला भएको थियो । 

सो पश्चात फरार रहेकी गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले कुपण्डोल, ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज बिहिबार ललितपुर जिल्ला अदालतमा पेश गरेको सिआईबीले जनाएको छ ।