बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से सुचक तथा कारोवार रकम दुबै घट्यो

बिहिबार, मंसिर ९ २०७८

काठमाडौ l साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से सुचक तथा कारोवार रकम दुबै घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज तीन दसमलव २२ अंकले घटेर २७ सय ३१ दसमलव ७८ अंकमा पुग्दा सेन्सिटिभ भने शुन्य दसमलव ४५ अंकले बढेर पाँच सय १५ दसमलव ६४ अंकमा चढेको छ ।

आज दुई सय ३३ वटा कम्पनीहरुको ४७ हजार एक सय १३ पटकको कारोवारमा ७४ लाख ८६ हजार पाँच सय ७५ कित्ता शेयर किनबेच हुंदा कारोवार रकम तीन अर्ब ७८ करोड ९७ लाख नौ हजार तीन सय ३१ रुपैयाँ पुगेको छ । 

आज १३ वटा समुहहरुको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेपनि बाँकी समुहको सुचक घटेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव ७७ अंकले बढेर १८ सय १३ दसमलव ७९ अंकमा चढेको छ भने होटल तथा पर्यटन र अन्य समुहको सुचक पनि बढेको छ ।

बिकास बैंक समुहको सुचक भने ७० दसमलव ८७ अंकले घटेर ५२ सय ३० दसमलव ८७ अंकमा झरेकोमा जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनममुलक, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मानुषी लघुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम पहिलो स्थानमा परेको छ ।