शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बिहिबार, मंसिर ९ २०७८

काठमाडौँ l बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार काठमाडौं जिल्ला, काठमाडौ महानगरपालिका स्थायी घर भई हाल ललितपुर जिल्लाको सानागाँउ बस्ने ५१ बर्षिया दुर्गा शाही सापकोटा बैंकिङ कसुरको अभियोगमा पक्राउ परेकी हुन् । 

सापकोटाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी २०७६ कात्र्तिक छ गते हिमालयन बैंक लिमिटेडको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट २०७७ मंसिर १६ गते निज प्रतिवादी दुर्गा शाही सापकोटाको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद १३ लाख ६५ हजार रुपैंया जरिवाना फैसला भएकोमा केन्द्रिय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले निज प्रतिबादी सापकोटालाई सानागाँउ, ललिपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी सापकोटालाई आज बुधबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जानकारी दिएको छ ।