बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा ३२ अंकको पहिरो, अन्य बाहेक सबै समुहको सुचक घट्यो

मंगलबार, मंसिर ७ २०७८

काठमाडौँ l नेप्सेमा पहिरो गएको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार भने ३२ दसमलव २९ अंकले घटेर २७ सय ३३ दसमलव १४ झर्दा सेन्सिटिभ पनि तीन दसमलव ९८ अंकले घटेर पाँच सय १५ दसमलव ४८ अंकमा झरेको छ ।

नेप्सेमा आज दुुई सय २७ वटा कम्पनीहरुको ५३ हजार सात सय ६७ पटकको कारोवारमा ७४ लाख ४८ हजार तीन सय ६६ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम चार अर्ब १६ करोड ५८ लाख ९६ हजार पाँच सय ७८ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा अन्य समुहको सुचक बढेर बाँकी १२ वटा समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव चार अंकले घटेर १८ सय ११ दसमलव १३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ७५ दसमलव ४४ अंकले घटेर ३१ सय ४१ दसमलव ८० अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ८८ दसमलव सात अंकले घटेर २५ सय २३ दसमलव ८१ अंकमा पुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मानुषी लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने आईसीएफसी फाईनान्स पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम पहिलो स्थानमा परेको छ ।