बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नविल बैंक १८औं र १६ औं हस्तकला प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर

सोमबार, मंसिर ६ २०७८

काठमाडौँ l नविल बैंक लिमिटेडले नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर देखि ५ मंसिर, २०७८ सम्महयात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८ औं हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरकोरुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ ।  

नविल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरेका हुुन । 

नेपाल हस्तकला महासंघ सँगको सम्बन्धलाई निरन्तरता दिंदै यस वर्ष समेत नविल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ । महासंघ सँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपाल अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैकिङ्ग दृष्टिकोण अनुरुप यो साझेदारी गरिएको हो । यो साझेदारीले नेपालमा हस्तकला क्षेत्रको विकासमा सहयोगी बैंककोरुपमा नबिल बैंकको प्रतिबद्धतालाई झल्काउँदछ । 
एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैंकिङ्ग पार्टनरको रुपमा सहभागी हुन पाउँदा गौरभान्वित महसुश गरेको बैंकका साना तथा मझौला उधम तथा लघुवित्त कर्जा विभागका प्रमुख डनिलले बताए । साथै, यस वर्ष कोभिड १९ महामारीबाट प्रभावित हस्तकला व्यवसायलाई पुर्नरुत्थान गर्न आर्थिक पहुँच पु¥याई दक्ष जनशक्तिको रोजगारी सुनिस्चित गर्न सहयोग हुने समेत बस्नेतले बताए । 

नेपाली हस्तकला उद्यम र व्यवसाय प्रर्वद्धनका लागि आयोजना गरिने राष्ट्रियस्तरका व्यापार मेलाहरुमा महासंघ संग नेपालको अग्रणी नविल बैंक लिमिटेडले निरन्तर रुपमा गरि आएको सहयोग र सहकार्यले उद्यमि एवं समस्त हस्तकला व्यवसायलाई उर्जा र हौसला प्रदान गरेको नेपाल हस्तकला महासंघका महानिर्देशक थापाले बताए । साथै, आगामी दिनमा समेत नबिल बैंकबाट निरन्तर सहयोग र सहकार्य हुने अपेक्षा व्यक्त गरे ।