बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मध्य भोटेकोशी जलबिद्युत र ग्लोवल आईएमई क्यापिटलबिच सम्झौता

सोमबार, मंसिर ६ २०७८

काठमाडौँ l मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको शेयररजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेकाछन ।

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीको अधिकृत पुँजी छ अर्ब २१ करोड तथा जारी पुँजी छ अर्ब रुपैयाँ रहेको छ । सर्वसाधारण समुहतर्फ छुट्याइएको ४९ प्रतिशत शेयरमध्ये कर्मचारी संचय कोषमा रकम संचय गर्ने संचयकर्ता कर्मचारीहरु, संस्थापक शेयरधनी संस्थाहरु क्रमशः चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि. तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लि.र ऋणदाता संस्था कर्मचारी संचय कोषका कर्मचारीहरुलाई प्रथम चरणमा २४ प्रतिशत शेयर यस घि नै निष्कासन गरी मिति २०७५÷०९÷०५ मा बाँडफाँट गरिसकिएको छ । 

बाँकी २५ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि १० प्रतिशत अर्थात रु. ६० करोड र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात रु. ९० करोड बराबरको शेयर हालै मात्र सार्वजनिक निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ ।