काठमाडौँ l नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको दोस्रो कारोवार दिन आज सोमबार भने सात दसमलव नौ अंकले बढेर २७ सय ६५ दसमलव ४३ अंकमा चढेको छ ।
सेन्सिटिभ पनि आज एक दसमलव २१ अंकले बढेर पाँच सय १९ दसमलव ४६ अंकमा चढेको छ । दुई सय २५ वटा कम्पनीहरुको ५१ हजार पाँच सय २६ पटकको कारोवारमा ७५ लाख ६५ हजार पाँच सय १० कित्ता सेयर किनबेच हुंदा कारोवार रकम तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार छ सय २७ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक घटेको छ भने आठ वटाको बढेको छ । ति मध्ये वाणीज्य बैंक समुहको सुचक दुई दसमलव ८९ अंकले बढेर १८ सय २६ दसमलव ५२ अंकमा चढेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ९९ दसमलव ४८ अंकले बढेर १२ हजार चार सय ५० दसमलव ५४ अंकमा चढेको छ ।
यसैगरी जलबिद्युत, होटल तथा पर्यटन, ट्रेडिङ, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । विकास बैंक, फाईनान्स, जीवन बीमा, उत्पादनमुलक र लघुबित्त समुहहरुको सुचक भने घटेका छन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मानुुषी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा महालक्ष्मी विकास बैंक परेको छ ।