बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

हङकङसँग नेपाल ६ विकेटले पराजित

सोमबार, मंसिर ६ २०७८

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले हङकङविरुद्ध ६ विकेटको पराजय भोगेको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा पुरा गर्यो । हङकङका लागि मारिको हिलले सर्वाधिक ४४ रनको योगदान गरिन् ।

नेपालका लागि कविता कुँवर, सबनम राई र सीता राना मगरले समान एक–एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४ रन जोडेको थियो ।

नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् भने  इन्दु बर्माले अविजित ३१ रनको  योगदान गरिन् ।  काजल श्रेष्ठले २४ बल खेल्दै केवल जम्मा ४ रन जोडिन् ।

नेपालले दोस्रो खेल भुटानविरुद्ध भोली खेल्नेछ ।

त्यसैगरी तेस्रो खेल बिहिबार कुवेतविरुद्ध, चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने तय भएको छ ।

छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।