बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेले चितवनमा महाधिवेशन गर्नुको कारण माओवादी र मलाई सिध्याउन हो

सोमबार, मंसिर ६ २०७८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले एमालेको महाधिवेशन चितवनमा आयोजना गरिनु माओवादी केन्द्रलाई र विशेषगरि आफूलाई सिध्याउनको लागि भएको टिप्पणी गरेका छन् l

सोमबार पार्टीले चितवनको होटल गंगोत्री हाईवेमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन् । उनले एमालेको १०औं महाधिवेशन केही पनि नहुने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई नेता मान्ने हिँड्नेबाहेक केहीपनि नहुने जिकिर गरे । उनले भनेका छन्,‘एमालेले चितवनमा महाधिवेशन गर्नुको कारण माओवादी र मलाई सिध्याउन हो, त्यहाँ के को छलफल हुनु ? छलफल हुने पनि होइन, केही पनि होइन केपी ओलीलाई नेता भन्ने हिँड्ने अधिवेशन हो । त्यस्तो नि अधिवेशन हुन्छ त ?

यस्तै आफूलाई एमालेको महाधिवेशनमा वक्ताको रुपमा निम्तो आएको बताएका छन् । तर, आफू त्यो महाधिवेशनमा जाने वा नजाने भनेर निर्णयमा पुगिनसकेको र यसबारेमा पार्टीमा छलफल गरेरमात्रै निर्णय गर्ने बताए ।