शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कांग्रेस महाधिवेशनकी कान्छी अनि सुन्दर प्रतिनिधि पूजा

सोमबार, मंसिर ६ २०७८

काठमाडौं। २१ बर्षिया पूजा फुँयाल नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनकी कान्छी प्रतिनिधिमा निर्वाचित भएकी छन्। कांग्रेस महाधिवेशनमा वडादेखि नै युवा र किशोरकिशोरीको आकर्षण र छनौट चलिरहँदा पूजाले यस्तो मौका पाएकी हुन्।

यसपालि सोलुखुम्बुकी २१ वर्षीया पूजा आइतबार भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट ४०३ मत ल्याएर विजयी भइन्। उनी समान मत ल्याएकी टंकीमाया बस्नेतले गोलाप्रथामा हारेपछि पूजाका लागि यो मौका जुरेको हो।

उनी खसआर्य महिलातर्फ उम्मेदवार बनेकी थिइन्।

भक्तपुरस्थित सानोठिमी क्याम्पसमा नेवि संघका तर्फबाट पूजाले राजनीति गर्दै आएकी छन्। उनी यसअघि सोलुखुम्बुकै नेचा–सल्यान गाउँपालिका वडा नम्बर ३ बाट क्षेत्रीय प्रतिनिधि बनेकी थिइन्। त्यसबेला पनि उनले २०२ मतसहित निर्वाचन जितेकी थिइन्।

उनले कान्छी भए पनि राजनीतिमा काम गर्नका लागि आत्मविश्वास बलियो रहेको बताएकी छन्। पूजा सुन्दर उम्मेदवारमा पर्छिन्।