शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आईजी थापाले यसकारण बरिष्ठ एआईजी पाललाई कार्यबाहक जिम्मेवारी दिएनन्

आइतबार, मंसिर ५ २०७८

काठमाडौं। इन्टरपोलको महासभामा भाग लिन टर्की हिँडेका प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीले कार्यबाहकको जिम्मेवारी बरिष्ठलाई बाइकट गर्दै कनिष्ठ प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) निरजबहादुर शाहीलाई दिएका छन्।

उनीभन्दा बरिष्ठ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका एआईजी हरिबहादुर पाल हुन्। कार्यबाहकको जिम्मेवारी बरिष्ठलाई दिने प्रचलन रहेको छ।

प्रहरी संगठनका विभिन्न सरुवा प्रकरणमा आईजी थापाले अडान लिन नसकेको र संगठनलाई भद्रगोल बनाएपछि पालको विमति रहँदै आएको थियो। यसैकारण पनि उनले तेस्रो बरियतामा रहेका शाहीलाई निमित्तको जिम्मेवारी दिएको बताइन्छ।

आफूभन्दा कनिष्ठको कार्यबाहक जिम्मेवारीमा काम गर्नुपर्ने भएपछि एआईजी पाल विदामा बसेका छन्। उनी आईजी थापा फर्किएपछि मात्र काममा आउने बुझिएको छ।

आईजी थापा इस्तानबुलमा हुने ७ देखि ९ मंसिरसम्मको महासभामा भाग लिएर काठमाडौं फर्किनेछन्।