बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

६ अर्ब ६० करोडको आइपिओ आउँदै, कुन कुन कम्पनीको आउँदैछ ?

आइतबार, मंसिर ५ २०७८

काठमाडौँ । धितोपत्र बोर्डका अनुसार २४ वटा कम्पनीले ६ अर्ब ६० करोड रुपैया बराबरको प्राथमिक सेयर अर्थात आइपीओ निस्काशन गर्न लागेका छन् ।

बोर्डले ६ वटा कम्पनीको आइपीओ जारी गर्न प्रक्रियागत रुपमा सबै काम सकेको छ । बिन्ध्यबासिनी, हिमालयन, बलेफी, ग्रिन भेन्चर, दोर्दी खोला जलविद्युत आयोजना र एनइएसडिओ समृद्ध लघुबित्तको १ अर्ब ८४ करोड रुपैयाँ बराबरको १ करोड ८४ लाखकित्ता सेयर जारी गर्ने सबै काम सकिएका छ । तर नेतृत्व नहुँदा बोर्डले निर्णय गर्न सकेको छैन ।

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज  ढुंगानालाई भित्रि कारोबारमार्फत् सेयर हात पारेको आरोप लागेपछि अर्थ मन्त्रालयले असोज १९ गते बर्खास्त गरेको थियो । त्यसपछि बोर्ड नेतृत्व विहीन छ । त्यही कारण आइपीओ निष्काशनका लागि अध्ययन तथा स्वीकृतिमा ढिला भएको देखिन्छ ।

त्यसैगरी बोर्डले डिस मिडिया,अपर सोलु, अपर हेवाखोला, रिभर फल्स जलविद्युत्आयोजना, जाल्पा सामुदायिक, उपकार, राष्ट्र उत्थान लघुबित्त र आइएमई लाइफ इन्स्योरेन्सको पहिलो चरणको कागजात अध्ययन सकेको छ । यी ८ कम्पनी १ अर्ब ८७ करोड बराबरको १ करोड ८७ लाख कित्ता सेयर जारी गर्ने तयारीमा छन् ।

त्यसैगरी अन्य १० कम्पनीको २ अर्ब ८८ करोड रुपैयाँ बराबरको २ करोड २१ लाखकित्ता सेयरका बारेमा भने बोर्डले अध्ययन गरिरहेको छ ।