शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अधिवक्ता शम्भु थापाकै फर्ममा भएको थियो छापा, जसले अदालतमा आन्दोलन सल्काएका छन्

शनिबार, मंसिर ४ २०७८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले भ्रष्टाचार गरेको लगायतका अभियोग लगाउँदै नेपाल बार एशोसिएशनले आन्दोलन चर्काएको छ। राणाको राजीनामा उसको एक सुत्रीय माग बनिरहेको छ। र, यसको नेतृत्व गरेका छन् बरिष्ठ अधिवक्ता शम्भु थापाले।

थापा कतिपय अभिव्यक्ति र प्रकरणका कारण विवादमा तानिएका अधिवक्ता हुन्। न्यायालयको शुद्धीकरण चाहेका तर नेपाल बारको सिन्डिकेट नचाहने कतिपय बरिष्ठ अधिवक्ताले थापालाई न्यायालयका बिचौलिया र घुस खाने न्यायाधीशको नाम सार्वजनिक गर्न चुनौति दिएका छन्।

यस विषयमा भने थापाले कुनै प्रतिक्रिया दिइसकेका छैनन्। बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले एउटा टेलिभिजन कार्यक्रममा थापाले सर्वोच्च अदालतमा न्यायाधीशले घुस खाने र कतिपय सेटिङ आफूहरुले पनि गर्दै आएको बताएका थिए।

घुस खाने न्यायाधीश को हुन्? यहि प्रश्न अहिले थापातिर सोझिएको छ भने उनलाई मन्त्री नबनाएको रिसमा न्यायालयमाथि आक्रमण गर्न बारको सहयोग लिएको आरोप लागेको छ। स्रोतले भन्यो,‘थापालाई मन्त्री बनाउनका लागि प्रस्ताव गरिएको थियो तर प्रधानन्यायाधीशका मान्छे भएपछि अदालतमा आक्रमण गर्ने नीति अख्तियार गरियो।’

त्यसो त थापा विवादरहित होइनन्। अकुत सम्पत्ति र अवैधानिक हिसाबले धन आर्जन गरेको भनी राजश्व विभागले उनको ल फर्ममा केही बर्षअघि छापा समेत मारेको थियो। फर्ममा मारिएको छापा एवं ल्यापटप लगायत सामान र कागजपत्र उठाएर लगेर छानबिन गरिएको थियो।