काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पा र संकटाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । संकटाको कप्तानी रबि सिलवालले सम्हाल्ने छन् ।
यस्तै दोस्रो खेलमा ललितपुरका दुई क्लब थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र च्यासलबीचको ललितपुर डर्बी भिडन्त पौने ५ बजे हुनेछ । थ्री स्टार बिक्रम लामाको कप्तानीमा मैदान उत्रने छ । यस्तै च्यासलको कप्तानी अनुभवी खेलाडी बिराज महर्जनले गर्ने छन् ।
लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।