बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यसकारण परिवारबाट सभापतिका सहमतीय पात्र बने शेखर कोइराला

बिहिबार, मंसिर २ २०७८

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापति पदका दाबेदार धेरै जना छन्। सुशील कोइरालाको निधनसँगै नेतृत्वबाट अलग भएको पारिवारिक विरासत फेरि फर्काउने तयारी भएको छ। 

१२औं महाधिवेशनले सुशीललाई सभापतिमा जिताएको थियो। १३औंमाचाहिँ शेरबहादुर देउवाले नेतृत्व पाएका थिए। तर अबको महाधिवेशनमा कोइराला परिवार फर्काउने तयारी छ। 

सभापति पदका लागि महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र सुजाता कोइरालाले घोषणा गरेका थिए। परिवारमा नै सबै उम्मेदवार भएपछि सहमतिको एक पात्र तय भएका छन् र ति हुन्, शेखर। 

शेखर तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाका विश्वास पात्र समेत रहेका कारण राजनीतिक उत्तरदायीत्व कायम गर्न सक्ने अनुमान गरिएको छ। शेखरका लागि सभापतिका मुख्य दाबेदार नै रहेका महामन्त्री शशांकले पनि सहयोग गर्ने बताइएको छ। 

खासगरी शेखर, शशांक र सुजाताका दाजु पनि हुन्। ‘कांग्रेस नेतृत्व कोइराला परिवारमा नै फर्काउने विषयमा लगभग सहमति भएको छ। शेखरका नाममा सहमति भइसकेको छ’, स्रोतले भन्यो।

शेखर, शशांक र सुजाता हालै मात्र सभापतिका उम्मेदवारको सहमतिका लागि बसेका थिए। उक्त बैठकमा एक प्रकारको सहमति भइसकेपछि महामन्त्री शशांककले भनेका थिए,‘सभापतिका लागि प्रकाशमान सिंह भन्दा शेखर उत्तम उम्मेदवार हुन्।’

जवकि सभापतिका आकांक्षी उपसभापति विमलेन्द्र निधि, प्रकाशमान र शशांकबीच एउटा गठजोड बनेको थियो। उक्त गठजोडको अब औचित्य समाप्त भएको बताइएको छ। तीन जना मध्ये एक जना सभापतिका दाबेदार तय गर्ने भनिए पनि तीनै जनाको दाबेदारी छ। 

उता सभापतिकै लागि देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलको पनि दाबी रहेको छ। यद्यपि, यस पटक कोइराला परिवारबाट पनि उम्मेदवार हुने निश्चित छ।