शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कतार विश्वकपमा १३ देश छानिए, १९ देशको टुंगो लाग्न बाँकी

बिहिबार, मंसिर २ २०७८

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि १३ राष्ट्रको टुंगो लागेको छ ।

विश्वकप छनोटबाट आयोजक कतारसहित १३ राष्ट्रले विश्वकपमा स्थान पक्का गरेको हो । कतार विश्वकपमा अब १९ राष्ट्र छनोट हुन बाँकी रहेको छ ।

हालसम्म छनोट हुने राष्ट्रमा कतार, फ्रान्स, जर्मनी, डेनमार्क, ब्राजिल, बेल्जियम क्रोएसिया र स्पेन रहेका छन् ।

यस्तै सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र अर्जेन्टिना समेत छनोट भईसकेको छ ।