बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सवारी दुर्घटनामा चार जनाको मृत्यु 

बिहिबार, मंसिर २ २०७८

काठमाडौं l काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारस्थित सडकमा प्र.३–०१–००५ ख ९३०० नम्बरको बसले प्र.३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्कुटर चालक ३५ वर्षीय राम बहादुर आचार्य र स्कुटरमा सवार ललितपुर ईमाडोल बस्ने ५२  वर्षीय यादव कुँवर रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । 

रामेछापको लिखुतामाकोशी गाउँपालिका–१ बसेरीस्थित सडकमा ना.६ त ७२८४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५४ वर्षीय उद्दव राज पौडेलको घटनास्थलमै मृत्यु भएको छ ।  साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार  अन्य २ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ हनुमानगेट नजिक सकडमा ना.३ च ११९३ नम्बरको गाडीले ना.३४ प ६०४४ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचरको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।