शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जबरजस्ती  करणी गरेको अभियोगमा पक्राउ 

बिहिबार, मंसिर २ २०७८

गुल्मी l १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईस्मा गाउँपालिका–३ दौवा बस्ने १९ वर्षीय कृष्ण मुखियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईश्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।