काठमाडौं । मेगा बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।
कम्पनीले १२ दशमलव शून्य ७ प्रतिशत बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृतीको लागि पेश गरेकोमा कर प्रयोजनको लागि आवश्यक नगद लाभांश प्रस्ताव गर्नुपर्ने निर्देशन आएकाले लाभांश संशोधन गरेको बताएको छ ।
संशोधन गर्न निर्देशन आएकाले कम्पनीले १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशलाई संशोधन गरेको हो ।
अव यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।