बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्राईम लाईफको खुद मुनाफा बढ्यो, इपीएस कति ?

बुधबार, मंसिर १ २०७८

चालु आर्थिक बर्षको तीन महिनामा मै कमायो १२ करोड २५ लाख

काठमाडौँ l प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १२ करोड २५ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १२ करोड सात लाख ७४ हजार रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी २० रुपैयाँ २८ पैसा रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय ४० रुपैयाँ ४१ पैसा रहेको छ ।