बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१६ अंकले बढ्यो नेप्से

बुधबार, मंसिर १ २०७८

काठमाडौँ l नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से १६ दसमलव ९५ अंकले बढेर २८ सय एक दसमलव ५२ अंकमा चढेकोमा सेन्सिटिभ पनि तीन दसमलव ९८ अंकले बढेर पाँच सय २५ दसमलव ४४ अंकमा चढेको छ ।

आज दुई सय २४ वटा कम्पनीहरुको ७७ हजार पाँच सय १८ पटकको कारोवारमा एक करोड १९ लाख ४३ हजार आठ सय ५८ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुल सेयर कारोवार रकम सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार आठ सय २० रुपैयाँ पुगेको छ । 

१३ वटा समुहको कारोवार हुंदा आज सात वटा समुहले कमाएकाछन भने छ वटाले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ७२ अंकले बढेर १८ सय ५९ दसमलव ७८ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ३२ दसमलव ४२ अंकले बढेर २६ सय ८२ दसमलव ५९ अंकमा पुगेको छ ।

यसैगरी जलबिद्युत, होटल तथा पर्यटन, ट्रेडिङ, अन्य र लघुबित्त समुहहरुको सुचक पनि बढेका छन । बिकास बैंक समुहको सुचक भने आज ७५ दसमलव ७९ अंकले घटेर ५५ सय ३४ दसमलव ५१ अंकमा पुग्दा निर्जिवन बीमा, जीवन बीमा, उत्पादमुलक, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा बोटर्लस नेपाल तराई लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम परेको छ ।