बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा छलाङ पाँच अर्ब ५२ करोड रुपैयाँको शेयर किनबेच

मंगलबार, कार्तिक ३० २०७८

काठमाडौ l नेप्सेले छलाङ मारेको छ । आज मंगलबार नेप्से ६९ दसमलव २२ अंकले बढेर २७ सय ८४ दसमलव ५७ अंकमा पुग्दा सेन्सिटिभ पनि १४ दसमलव ९२ अंकले बढेर पाँच सय २१ दसमलव ४६ अंकमा चढेको छ ।

आज दुई सय २७ वटा कम्पनीहरुको ६९ हजार दुई सय पटकको कारोवारमा एक करोड ९३ हजार दुई सय २१ कित्ता शेयर किनबेच भएकाछन भने कुल शेयर कारोवार रकम पाँच अर्ब ५२ करोड १६ लाख ५० हजार आठ सय ५६ रुपैयाँ पुगेको छ । 

आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहहरुको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३४ दसमलव ३९ अंकले बढेर १८ सय ४६ दसमलव सात अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय ६४ दसमलव दुई अंकले बढेर तीन हजार दुई सय १२ दसमलव आठ अंकमा पुगेको छ ।

यि बाहेक बिकास बैंक,फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले बढेकाछन ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल बंगलादेश बैंक लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा बिजय लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा महालक्ष्मी बिकास बैंक परेको छ ।