शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एघार बिघा खेतमा लगाएको गाँजा खेती फडानी गरी नष्ट

मंगलबार, कार्तिक ३० २०७८

पर्सा l ठोरी गाउँपालिका वडा नम्बर ३ र ४  स्थित ११ बिघा खेतमा अवैध रूपमा लगाएको करिब २ लाख २० हजार गाँजाको बोटहरू सोमबार प्रहरीले फडानी गरी नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रहरी कारवाहीको सिलसिलामा उक्त गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको हो ।  

साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।