काठमाडौँ l नेप्सेमा पुरै हरियाली देखिएको छ । आज सोमबार नेप्से २६ दसमलव ४४ अंकले बढेर २७ सय १५ दसमलव ३५ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव १० अंकले बढेर पाँच सय छ दसमलव ५४ अंकमा चढेको छ ।
दुई सय २८ वटा कम्पनीहरुको ५९ हजार तीन सय १६ पटकको कारोवारमा ८६ लाख ३६ हजार छ सय ३६ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम चार अर्ब ७३ करोड ४६ लाख ५१ हजार चार सय ४३ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ९६ अंकले बढेर १८ सय ११ दसमलव ६९ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ५७ दसमलव ८४ अंकले बढेर २५ सय ६७ दसमलव ६९ अंकमा पुगेको छ ।
जलबिद्युत समुहको सुचक पनि ५० दसमलव पाँच अंकले बढेर तीन हजार ४७ दसमलव ८८ अंकमा पुग्दा बिकास बैंक, जीवन बीमा, निर्जिवन बीमा, होटल तथा पयर्टन, लगानी, उत्पादनमुलक, लघुबित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल तराई लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा महालक्ष्मी बिकास बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी परेको छ ।