शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बैंकहरुले निक्षेपमा व्याजदर मासिकरुपमा परिवर्तन गर्न सक्ने

सोमबार, कार्तिक २९ २०७८

काठमाडौँ l अबदेखि बैंक तथा फाईनान्स कम्पनीहरुले निक्षेपमा दिने व्याजदर मासिकरुपमा परिवर्तन गर्न सक्ने भएकाछन । आईतबार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनी समेतको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैकले यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि बैंकहरुले यस्तो सुबिधा पाउने भएका हुन । 

परिपत्र अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले आगामी महिनाको लागि निक्षेपमा लागु हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना शुरु हुनु पूर्व प्रकाशित गरिसक्नुपर्ने इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन् ।

यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ को व्यवस्थाको सीमा भन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने छ ।

उदाहरणको लागि यदि अघिल्लो महिना क’ वर्गका सबै बैंकले प्रकाशन गरेका अधिकतम ब्याजदरको औसत आठ दसमलव पाँच प्रतिशत भएमा सोमा १० प्रतिशतले बृद्धि गरी कायम हुने नौ दसमलव ३५ प्रतिशतसम्म मात्र क’ वर्गका बैंकले अधिकतम ब्याजदर निर्धारण गर्न सक्नेछन् । 

यसैगरी बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप संकलन गर्नु पर्नेछ । तर, आफुसंगै रहेको निक्षेपलाई पूनःबोलकबोल गरी नवीकरण गर्नु  परेमा प्रकाशित ब्याजदरमा शुन्य दसमलव एक प्रतिशत बिन्दू सम्म थप गरी निक्षेप संकलन गर्न सकिने परिपत्रमा उल्लेख छ ।