शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

आइतबार, कार्तिक २८ २०७८

पर्सा l वीरगंज महानगरपालिका–१६ स्थित सडकबाट भारतीय प्रतिबन्धित ५ सय रुपैयाँ दरको २ सय ४८ थान, २ सय रुपैयाँ दरको १ थान र १ सय रुपैयाँ दरको ८ थान गरी जम्मा १ लाख २५ हजार भारतीय रुपैयाँ सहित भारत विहार पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल १० बस्ने ३३ वर्षीय राकेश कुमारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नम्बर २–०३–०१७ प १६५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राकेशलाई उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।