शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ

आइतबार, कार्तिक २८ २०७८

काठमाडौँ l झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेबाट करिब २ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ४१ हजार रुपैयाँ सहित सोही ठाँउस्थित होटल संचालन गरी बस्ने २९ वर्षीया मिना राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको  हो ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१४ रामपुरा मलहनिया चोकबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी १२ बोतल, स्पास्मो प्रोक्सिभन १ सय ४४ पिस र नाइट्रोसन १ सय पिस सहित सोही नगरपालिका–८ बस्ने ३२ वर्षीय मो. साबिर मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।