शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा झिनो अंकको गिरावट

आइतबार, कार्तिक २८ २०७८

काठमाडौँ l नेप्सेमा झिनो अंकले गिरावट आएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से एक दसमलव ३८ अंकले घटेर २६ सय ८८ दसमलव ९२ अंकमा पुग्दा सेन्सिटिभ भने शुन्य दसमलव २५ अंकले बढेर पाँच सय दुई दसमलव ४४ अंकमा चढेको छ ।

दुई सय ३० वटा कम्पनीहरुको ६१ हजार चार सय पाँच पटकको कारोवारमा ७४ लाख ३४ हजार पाँच सय ३७ कित्ता सेयर किनबेच हुंदा आज कारोवार रकम चार अर्ब नौ करोड ६२ लाख १९ हजार पाँच सय २५ रुपैयाँ ४० पैसा पुगेको छ ।

१३ वटा समुहहरुको कारोवार हुंदा आज छ वटा समुहको सुचक घटेर सात वटा समुहहरुको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ४३ अंकले घटेर १८ सय १० दसमलव ७३ अंकमा झरेकोमा जलबिद्युत, जीवन बीमा, लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ समुहहरुको सुचक पनि घटेकाछन ।

विकास बैक समुहको सुचक भने एक सय ६१ दसमलव ८५ अंकले बढेर पाँच हजार तीन सय ५४ दसमलव ५९ अंकमा चढेकोमा फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुबित्त र अन्य समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल तराई लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा महालक्ष्मी बिकास बैंक परेको छ ।