काठमाडौँ l नेपाल राष्ट्र बैंकले ११ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार दिनको तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
कार्तिक ३० गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन । उक्त ट्रेजरी मध्ये ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड ५० लाख रुपैंयाँको रहेको छ ।
सो मध्ये परिपक्व हुने अवधि भने क्रमश २०७८ फागुन तीन गते र २०७९ जेठ तीन गते तोकिएको छ । राष्ट्र बैंकले यसअघि यही कार्तिक २२ गते पनि छ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।