काठमाडौँ l काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन गरी बस्ने खोटाङ दिप्रङ गाउँपालिका–६ घर भएका करिब ३८ वर्षीय मेघराज राई बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका–१ गाईघाट जाने कच्ची बाटो नजिक सोही महानगरापलिका–३ नदीपुर बस्ने २८ वर्षीय अमन परियार बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।