झापा l कमल गाउँपालिका–५ लभडाडास्थित सडकमा प्र–१–०२–०४१ प २००० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय डिल्ली राम शाहीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका–२० बस्ने २५ वर्षीय रुपम तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।