बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चोरीको पल्सर मोटरसाईकल सहित एक व्यक्ति पक्राउ

शुक्रबार, कार्तिक २६ २०७८

काठमाडौँ l काठमाण्डौंको तार्केश्वरबाट चोरीको मोटरसाईकल सहित एक जनालाई हित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । 

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर नगरपालिका –४, पुरानो गुहेश्वरीबाट कालो रंङको २०० सी.सी.को एन.एस पल्सर मोटरसाईकलको वास्तविक नम्वर परिवर्तन गरि बा. प्र. ०२–०१८ प ४३०१ नम्वर हालेर चलाइरहेको अबस्थामा किर्तिपुर नगरपालिका वडा नं. २ चाँदनीचोक बस्ने वर्ष २८ को बुद्ध बहादुर तामाङ्गलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएकाछन । 

उक्त मोटरसाईकलको वास्तविक नम्बर प्र.३–०२–०१० प ६९०३ रहेको खुल्न आएको पनि उनले बताए । पक्राउ भएको मोटरसाइकल २०७७ सालको फाल्गुन महिनामा नरेफाँटबाट हराएको भनी काठमाण्डौं –३२, कोटेश्वर बस्ने अनिमेष श्रेष्ठले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए । 

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाइएको छ ।