शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भर्चुअल माध्यमबाट माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै, पार्टी सदस्यता नवीकरणको म्याद थप्ने तयारी

शुक्रबार, कार्तिक २६ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । अधिकांस नेताहरु चाडपर्वका कारण राजधानी नफर्किए पनि माओवादीले भर्चुअल माध्यमबाट बैठकको तयारी गरेको हो ।

जिल्ला गएका नेताहरु अझै उपत्यका नफर्किएकाले साँझ ६ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले स्थानीय निकायको सम्मेलनका विषयमा नेताहरुसग छलफल गर्ने बताएको छ ।

स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेलले आजको बैठक वडा, पालिका तथा जिल्ला सम्मेलनका विषयमा केन्द्रित हुने बताए ।  बैठकमा संगठित सदस्यता नवीकरणको म्याद थप्ने विषयलाई पनि बैठकले सुल्झाउने बताइएको छ ।  पार्टीको सदस्यता नवीकरणको म्याद आज सकिँदै छ। 

संगठित सदस्य ७ लाखभन्दा बढी पुर्याउने लक्ष्य लिएको पार्टीले नवीकरणमा उत्साहजनक सहभागिता देखिएको दाबी गरेको छ । सोही अनुरुप आज बस्ने बैठकले म्याद थपको समय बढाउने निर्णय गर्ने बताइएको छ । 

माओवादीले आगामी पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दै छ।