शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१ थान कटुवा पेस्तोल बरामद 

शुक्रबार, कार्तिक २६ २०७८

बारा l जितपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित बाहुनी खोला किनारको छटघाटबाट १ थान कटुवा पेस्तोल बुधबार बिहान प्रहरीले बरामद गरेको छ । 

उक्त स्थानमा स्थानीयहरुले सरसफाई गर्ने क्रममा माटोले पुरीएको अवस्थामा पेस्तोल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमरा र अस्थाई प्रहरी पोष्ट औराहाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।