काठमाडौँ l महानगरीय अपराध महाशाखा मिनभवनले ठगी कार्यमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार ठगी कार्यमा संलग्न भारतीय नागरिक शिवम विरुमुथु चेटियार पक्राउ परेका हुन ।
भारतको चेन्नाई तामिलनाडु घर भई हाल काठमाडौंको बालुवाटार बस्दै आएको ४४ बर्षिय चेटियारले सरकारी उच्च ओहोदा व्यक्ति देखि लिएर सर्वसाधारण समेतलाई बिभिन्न प्रलोभन देखाई ठगी गरेको आधारमा पक्राय गरिएको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार चेटियारले ठगी कार्य गर्नको लागि आफु मेडिकल व्यवसाय गर्ने गरेको, नेपालस्थित मडिपाल अस्पताल खरिद गर्ने भारतीय होल्डरहरुसंग कुराकानी भई सम्झौता गर्नको लागि एग्रीमेन्टको ड्राफ्ट समेत तयार भईरहेको भनि झुठा कागजात र कुराकानी तयार गरी बिश्वास दिलाई बिभिन्न व्यक्तिहरुलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगी गर्ने गरेका थिए ।
उनले बिभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी निजको स्वामित्वको जमिनको लालपुर्जा समेत आफ्नो नियन्त्रणमा लिएर ठगी गर्ने गरेको, नेपालस्थित बिभिन्न बैंक तथा बित्तीय संस्थाहरुमा ठुलो परिमाणमा आफ्नो नाउँमा संस्थापक सेयर रहेको भनि झुठा कागजात तथा बिवरण देखाई ठगी गर्ने गरेको, आफुलाई इन्टरनेशनल कमिटी अफ दि रेडक्रस (आईसीआरसी) को डाईरेक्टर हुं भनि नक्कली परिचय पत्र देखाई नेपाल सरकारका उच्च अधिकारीसंग समेत निकट सम्वन्ध कायम रहेको देखाउने गरेको, बिभिन्न व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखी सो नागरिकता मार्फत बैंक खाता सञ्चालन गरी ठगी मार्फत आएको रकम जम्मा लगायत भुक्तानी लिने गरेको व्यहोरो महानगरीय अपराध महाशाखामा आएको थियो ।
महाशाखाबाट खटिएको बिशेष टोलीले ति भारतीय नागरिकलाई काठमाडौको बालुवाटारबाट यही कात्र्तिक २३ गते पक्राउ गरेको महाशाखाले जानकारी दिएको छ । पक्राउ पश्चात प्रारम्भिक अनुसन्धान गर्दा ति व्यक्तिले बिभिन्न व्यक्तिहरुबाट ५० लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।
महाशाखाका अनुसार ठगी कार्यमा संलग्न ति भारतीय नागरिक यसअघि बिसं २०७२ साल जेठ २२ गते पनि पक्राउ परी बैदेशिक रोजगार सम्वन्धी कसुरमा डिल्लीबजार कारगारमा दुई बर्ष कैद र तीन लाख ५० हजार रुपैयाँ तिरेर कारगार मुक्त भएका व्यक्ति भएको खुलेको छ ।