काठमाडौँ l नेप्सेमा भिषण पहिरो गएको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से ५९ दसमलव ५७ अंकले घटेर २६ सय ९० दसमलव २९ अंकमा पुग्दा सेन्सिटिभ १० दसमलव ६३ अंकले घटेर पाँच सय दुई दसमलव १९ अंकमा पुगेको छ ।
कुल दुई सय २५ वटा कम्पनीहरुको ७३ हजार तीन सय २८ पटकको कारोवारमा ९४ लाख ७५ हजार नौ सय ३६ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार पाँच सय ४० रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको हुंदा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दसमलव आठ अंकले घटेर १८ सय १८ दसमलव १५ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय ९ दसमलव २६ अंकले घटेर दुई हजार चार सय ८० दसमलव ७७ अंकमा पुगेको छ ।
यि बाहेक बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मानुषी लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने भने पहिलो स्थानमा महालक्ष्मी बिकास बैंक परेको छ ।