बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु 

बिहिबार, कार्तिक २५ २०७८

काठमाडौँ l सुनसरीको कोशी गाउँपालिका–२ लौकहीस्थित सडकमा को.४ प ३४५२ नम्बरको मोटरसाइकलको ठक्करबाट मोरङ जहदा गाउँपालिका–७ घर भएका मनशेखर साहकी छोरी २ वर्षीया दिक्षा साहको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । को.२ ह ६१६३ नम्बरको अटोले उक्त मोटरसाइकललाई ठक्कर दिँदा सो मोटरसाइकलले मनशेखर साहका छोरीहरु दिक्षा र १६ वर्षीया वर्षा साह समेतलाई ठक्कर दिएको थियो ।

साथै घाइते वर्षा जिल्ला अस्पताल ईनरुवा हुँदै बिराटनगर गोल्डेन अस्पतालमा सामान्य उपचार पश्चातत डिस्चार्ज भएकी छिन् । मोटरसाइकलल चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ । 

गुल्मीको मालिका गाउँपालिका–८ ब्वांसे किसनटारीस्थित सडकमा लु.५५ प ९७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८१ वर्षीया जमुना खनालको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तमघासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त मोटरसाइकलको ठक्करबाट घाइते भएकी पदैलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया लिला खनालको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका–४ रमवापुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट रुपन्देही तिलोतमा नगरपालिका–३ बस्ने ३२ वर्षीय भिम बहादुर परियारको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

रुपन्देहीको ओमसतिया गाउँपालिका–३ तर्कुलहास्थित भित्री सडकमा लु.१३ प ३३८३ नम्बरको मोटरसाइकल सोमबार राति आफै अनियन्त्रित भई बाटोको छेउमा रहेको कुलोमा डुब्न जाँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय रमेश थापाको घटनास्थलमै मृत्यु भएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।