शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु 

बुधबार, कार्तिक २४ २०७८

काठमाडौँ l मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरेखेतस्थित सडकमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना.२ ज २९६८ नम्बरको ट्याक्सी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा ट्याक्सीमा सवार पर्सा सुकुवा गाउँपालिका बस्ने ३६ वर्षीया शिव जानकी थारु चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य चौकी भिमफेदीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्सीका चालक समेत २ जनाको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरस्थित सडकमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ना.७ ख ८८१ नम्बरको टेलरले मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–.१२ गुरुबिर्ता बस्ने २० वर्षीय सुशान्त पुडासैनीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टेलर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोक, चौतारा सागाचोक गढी नगरपालिका–११ स्थित सडकमा बा.२ ख २६१२ नम्बरको हाईस माईक्रो अनियन्त्रित भई सडकबाट अन्दाजी ८ मिटर तल खसेर दुर्घटना हुँदा माईक्रोमा सवार बलेफी गाउँपालिका–५ बस्ने ४० वर्षीया जानुका पराजुलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका माईक्रोका चालक समेत १५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।