काठमाडौँ l प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले बार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको यही कार्तिक २३ गते मंगलबार बसेको सञ्चालक समितीको एक सय ४९ औं बैठकले कम्पनीको चौधौं बार्षिक साधारण सभा यही १९ गते गर्ने निर्णय गरेको हो ।
उक्त बार्षिक साधारण सभा सम्वन्धी प्रयोजनको लागि कम्पनीको यही शेयर दाखिला खारेजी मिती मंसिर १० गते तोकिएको छ ।
कम्पनीले उक्त बार्षिक साधारण सभा मार्फत हाल कायम रहेको चुक्ता पुंजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ मध्येबाट १५ प्रतिसत अर्थात ३६ लख २५ हजार पाँच सय ८६ कित्ता बोनस सेयर र कर प्रयोजनको लागि एक करोड ९० लाख ८२ हजार २९ रुपैयाँ बराबरको नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।