शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बैंकर्स एशोसिएसनले पायो पुर्णता,उपाध्यक्षमा एनएमबी बैंकका के.सी चयन 

बुधबार, कार्तिक २४ २०७८

काठमाडौँ l बाँणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनले पुर्णता पाएको छ । संघको आज बुधबार भएको बार्षिक साधारण सभाले रिक्त रहेका उपाध्यक्ष तथा सदस्यहरु चयन गरेसंगै संघले पुर्णता पाएको हो । 

संघको आज भएको साधारण सभाले उपाध्यक्ष पदमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी चयन गरेको छ । उक्त पदको लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि आकाँक्षी भएपनि अन्तिम समयमा आएर के.सी सर्वसम्वतरुपमा उपाध्यक्ष पदमा चयन भएका हुन । 

संघको अध्यक्ष पदमा भने यसअघि नै कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । यसैगरी संघमा रिक्त रहेको दुई सदस्य पनि चयन भएकाछन । नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल पूरा भएको र सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल बैंकबाट बाहिरिए पछि दुई सदस्य पद खाली रहेको थियो । उक्त पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका हुन । 

अन्य सदस्यहरुमा भने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, नेपाल एसबीआई बैकका प्रमुख कार्यकारी अधिकृत लिपकुमार डे, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत, कृष्ण बहादुर अधिकारी, एनआईसी एसिया बैकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष अधिकारी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा रहेकाछन ।

यसैगरी संघको सल्लाहकारहरुमा भने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना चयन भएको संघले जानकारी दिएको छ ।