बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

तिहारको बिदा पछिको पहिलो दिन नै नेप्से रातै

सोमबार, कार्तिक २२ २०७८

काठमाडौँ l नेप्से उच्च अंकले घटेको छ । तिहार बिदा पछि आज सोमबार खुलेको नेप्से पहिलो कारोवार दिन नै उच्च अंकले घटेको हो ।

नेप्से आज १९ दसमलव दुई अंकले घटेर २८ सय २९ दसमलव ६४ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दसमलव ७१ अंकले घटेर पाँच सय २८ दसमलव ७१ अंकमा झरेको छ ।

दुई सय ३० वटा कम्पनीहरुको ४९ हजार पाँच सय ३० पटकको कारोवारमा ७२ लाख सात हजार तीन सय ९६ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम चार अर्ब ४२ करोड सात लाख १९ हजार एक सय तीन रुपैयाँ पुगेको छ । 

आज १३ वटा समुहको कारोवार हुंदा कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ९६ अंकले घटेर १८ सय ८३ दसमलव १८ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि १३ दमसलव दुई अंकले घटेर ३१ सय ७३ दसमलव १० अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ३७ दसमलव ३७ अंकले घटेर १२ हजार नौ सय ५५ दसमलव पाँच अंकमा पुगेको छ ।

बिकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि घटेकाछन । यि बाहेक फाईनान्स, सामुहिक लगानी कोष र लगानी समुहको सुचक भने बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सहास ऊर्जा लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट माईक्रो फाईनान्स परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा महालक्ष्मी बिकास बैंक परेको छ ।