काठमाडौं । प्रिमियर लिग फुटबलमा वेष्टह्यामले लिभरपुललाई पराजित गरेको छ ।
गएराति भएको खेलमा लिभरपुल माथि ३—२ को जित निकालेको वेष्टह्याम अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा म्यान्चेष्टर सिटी छ ।
यो लिभरपुलको यो सिजनको प्रिमियर लिगमा पहिलो हार हो । त्यस्तै गएराति नै आर्सनलले वाटफोर्डलाई १—० गोल अन्तरले हराएको छ । टटनह्यामले एर्भटनसंग गोल रहित बराबरी खेलेको छ भने लिड्स र लेष्टर एकेकको बराबरीमा रोकिएका छन् ।