बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अवैध लागूऔषध सहित पक्राउ

सोमबार, कार्तिक २२ २०७८

काठमाडौँ l काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागू औषध डाइजेपाम ४० एम्पुल, लेजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, नाईट्राभेट ३ सय ७० ट्याब्लेट र स्पास्मो प्रक्सिभन ४ सय १८ क्याप्सूल सहित सप्तरी राजबिराज नगरपालिका–३ बस्ने २७ वर्षीय सूर्य प्रताप सिंहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ८७६४ नम्बरको बसलाई नागढुङगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर बेलौरी नगरपालिका–४ बेलौरी बजारबाट करिब २ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र २ ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–६ बस्ने २० वर्षीय अकास बोहरा र २१ वर्षीय राकेश बोहरा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।