शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

लाठी हानेर श्रीमतीको हत्या, श्रीमान फरार

आइतबार, कार्तिक २१ २०७८

काठमाडौं । दाङमा श्रीमानले  लाठी प्रहार गरी  श्रीमतीको हत्या गरेका छन् । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ ।

मृतक सुनिता थापाकी कान्छी श्रीमती हुन् । हत्या आरोपित थापा  फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।