बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमसीसीमा प्रचण्डको खुराफात !

शुक्रबार, कार्तिक १९ २०७८

काठमाडौँ l अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विषयमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहोरो चरित्र सार्वजनिक भएको छ l

अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताउदै हेडेका प्रचण्डले एमसीसी पास गर्न हस्ताक्षर गरेर पत्र पठाइसकेको खुलासा प्रधानमन्त्री शेरबहादुर देउवाले गरे संगै प्रचण्डको दोहोरो चरित्र सार्वजनिक भएको हो l 

स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनमा सहभागी भएर बिहीबार बिहान काठमाडौं आइपुगेका देउवाले त्रिभुवन विमानस्थलमा यस्तो खुलासा गरेका हुन् । एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग ग्लास्गोमै भएको भेटका क्रममा आफूले यस्तो जवाफ दिइसकेको देउवाले जानकारी गराएका छन् ।

‘एमसीसीका डेपुटी सिइओले कहिलेसम्म पास हुन्छ भनेर सोध्नुभयो,’ देउवाले अगाडि भने, ‘यहाँका सत्ता साझेदार दलसँग यस बिषयमा कुराकानी भइरहेको छ भनेको छु ।’ देउवाले केही अध्यादेश ल्याउनुपर्ने भएकाले संसद रोकिँदा एमसीसी पास हुन नसकेको जवाफ पनि आफूले दिएको पत्रकारहरुलाई बताएका छन् । एमसीसी कार्यकारी अधिकृत ल्याटोर्तुसँग देउवाले मंगलबार भेटेका थिए ।

’केही अध्यादेश ल्याउनुपर्ने कारणले संसद रोकिएको हो’, उनले भने, ’यही भनेर प्रचण्डजी र मैले हस्ताक्षर गरेरै पत्र पठाएका छौं । यसले फरक पर्दैन भनिसकेको छु ।’ देउवाले एमसीसीलाई सत्ता गठबन्धनसँग मिलेरै अघि बढाउने पनि आफूले बताएको उल्लेख गरेका छन् । एमसीसी सम्झौता कार्यान्वयन हुने आश्वासन आफूले दिएर आएको बताएका देउवाले संसद अधिवेशन अन्त्यका कारण केही ढिला भएको पनि उल्लेख गरेका छन् ।

एमसीसी पास हुने विश्वासमा रहेको अमेरिका पछिल्लो समय सरकारले संसद अधिवेशन अन्त्य गरिदिएपछि असन्तुष्ट रहेको छ । दुई महिनाअघि उच्चस्तरीय टोली नेपाल पठाएको अमेरिकाले स्कटल्यान्डमा पनि टोली पठाएर पास गराउन देउवामाथि दबाब बढाएको हो ।

यसअघि संसद् अधिवेशन अन्त्य गरिए लगत्तै एमसीसी मुख्यालयले विज्ञप्ति निकालेर सम्झौता अघि बढाउने–नबढाउने निर्णय गर्न पनि नेपाललाई भनिसकेको छ ।