बैकलाई बित्तीयरुपमा अझै सवल र सक्षम बनाउने प्रतिवद्धता व्यक्त
काठमाडौँ l बैंक अफ काठमाण्डु (बिओके) प्रमुख कार्यकारी अधिकृतको पदमा श्रवणलाल मास्के नियुक्त भएकाछन । बैंक सञ्चालक समितीको पछिल्लो बैठकले यसअघि निमिक्त प्रमुख कार्यकारी अधिकृतकोरुपमा रहेका मास्केलाई प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी सुम्पिएको हो ।
बिओकेमा यसअघि शोभनदेव पन्त प्रमुख कार्यकारी अधिकृत रहेका थिए । पन्तको कार्यकाल सकिएपछि बैंक प्रमुख कार्यकारी अधिकृत बिहिन भएकोमा सञ्चालक समितीेको पछिल्लो बैठकले मास्केलाई प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी सुम्पिएको हो । प्रमुख कार्यकारीको जिम्वेवारी पाएलगत्तै मास्केले बैकलाई बित्तीयरुपमा अझै सवल र सक्षम बनाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेकाछन ।
बैकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा २५ करोड ३४ लाख ७७ हजार तीन सय ४१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २४ करोड १४ लाख छ हजार चार सय ७० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी नौ अर्ब ६५ करोड ८१ लाख ७६ हजार रुपैयाँ रहेको बैकले चालु आवको पहिलो त्रैमासमा एक खर्ब दुई अर्ब १४ करोड ६१ लाख २३ हजार सात सय ३० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब छ करोड ७६ लाख २० हजार सात सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ७९ करोड ४४ लाख २२४ हजार एक सय २३ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ९२ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । स्प्रेड दर दुई दसमलव ८९ प्रतिसत रहेको बैंकको बितरणयोग्य नाफा भने दुई करोड ९२ लाख ६८ हजार सात सय ८८ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब तीन अर्ब ४१ करोड ३४ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ८० करोड ८१ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ७६ करोड ९४ लाख ५५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव १८ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ४० प्रंतिसत रहेको थियो ।