शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जारी विश्वकपमा भारतको पहिलो जित, भारतीय टिमको प्रशिक्षकमा द्रविड नियुक्त

बिहिबार, कार्तिक १८ २०७८

काठमाडौं । टी–ट्वान्टी विश्वकप क्रिकेटको जारी खेलमा भारतले पहिलो जित निकालेको छ । यूएईमा गएराति भएको सुपर १२ को समूह २ को खेलमा भारतले अफगानिस्तानमाथि जित हासिल गरेको हो । तीन खेल खेलेको भारतको  यो पहिलो जित हो ।

पहिलो जित हात पार्नेक्रममा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्‍यो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा २१० रनको योगफल तयार पारेको थियो ।

जवाफी ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनायो ।

यो समूहबाट ४ खेल जितेको पाकिस्तान सेमिफाइनल पुगिसकेको छ भने अफगानिस्तान र न्यूजील्याण्डको समान ४–४ अंक छ । भारत र नामिबियाको २–२ अंक छ । स्कटल्याण्ड भने जितविहीन छ ।

यसैबीच, भारतीय क्रिकेट टिमका पूर्व कप्तान राहुल द्रविडलाई भारतीय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । जारी टी २० विश्वकप सकिएपछि रवी शास्त्रीको भारतीय क्रिकेट बोर्डसँगको सम्झौंता सकिएलगत्तै उनको स्थानमा द्रविड नियुक्त भएका हुन् ।

द्रविडले आफ्नो पहिलो सिरिज न्युजिल्याण्डविरुद्ध खेलाउने छन् । यो सिरिज नोभेम्बर १७ बाट शुरु हुनेछ । जसमा तीन टी २० र दुई टेष्ट रहेका छन् ।