काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्ती सोमवार राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न हिजो बेलुका ७ बजेसम्म आह्वान गरेका थिए । त्यही अनुसार जीवनबहादुर शाहीले हिजो दाबी पेस गरेका थिए । मुख्यमन्त्रीमा दाबी पेस गरेका शाहीलाई आफ्ना दलकासहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको २१ जना प्रदेश सभा सदस्यको समर्थन छ ।
मन्त्रालयको भागबन्डामा गठबन्धनका दलहरुबीच सहमति हुन बाँकी रहेकाले हिजो मन्त्रिमण्डल गठन हुन सकेन । गठबन्धनमा कुनै विग्रह नआए शाहीले अब १६ महिना प्रदेश सरकारको नेतृत्व हाँक्नेछन् ।