काठमाडौँ l नेपाल राष्ट्र बैकले २२ करोड ५९ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि आव्हान गरेको छ ।
तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा २०७८ मंसिर एक गतेदेखि बिसं २०७९ मंसिर एक गतेसम्मको लागि रकम लगानीको लागि आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यसरी राखिने कुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि १८ करोड ९ लाख, बिकास बैंकहरुको लागि तीन करोड ३८ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड १२ लाख रुपैयाँ छुट्याईएको छ ।
रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही कार्तिक २२ गते अपरान्ह दुई बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका शर्तहरु तोकिएकाछन ।