बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा पहिरो तीन वटा समुहले कमाउँदा १० वटा समुहले गुमाए

सोमबार, कार्तिक १५ २०७८

काठमाडौँ l नेप्सेमा पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार १७ दसमलव ७५ अंकले घटेर २८ सय १९ दसमलव ८६ अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ८८ अंकले घटेर पाँच सय २८ दसमलव ५८ अंकमा झरेको छ ।

आज दुई सय २६ वटा कम्पनीहरुको ८० हजार तीन सय ५१ पटकको कारोवारमा एक करोड ३४ लाख तीन हजार तीन सय १२ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम सात अर्ब ७७ करोड ७५ लाख १० हजार सात सय ७८ रुपैयाँ पुगेको छ । 

१३ वटा समुहको कारोवार हुंदा आज बाँणिज्य बैंक समुहको सुुचक चार दसमलव ६९ अंकले बढेर १८ सय ९५ दसमलव तीन अंकमा पुग्दा होटल तथा पर्यटन र लगानी समुहहरुको सुचक पनि बढेको छ ।

बिकास बैंक समुहको सुचक भने ४२ दसमलव ४९ अंकले घटेर ५४ सय ६५ दसमलव ५२ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि ४३ दसमलव ८५ अंकले घटेर दुई हजार छ सय ४३ दसमलव १२ अंकमा झरेको छ ।

यि बाहेक जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा महुली लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कामना सेवा बिकास बैंक परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने महालक्ष्मी बिकास बैंक पहिलो स्थानमा परेको छ ।